ad ad

राजनीति


बालिकाको आरोप अस्वीकार गर्दै मुख्यमन्त्री राईले भने : उनीसँग मेरो चिनजान नै छैन

बालिकाको आरोप अस्वीकार गर्दै मुख्यमन्त्री राईले भने : उनीसँग मेरो चिनजान नै छैन

नेपालखबर
फागुन १७, २०७६ शनिबार १२:२२,

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध सञ्चारमन्त्री भएदेखि नै षड्यन्त्र सुरु भएको बताएका छन्।

शुक्रबार तत्कालीने एमालेको युवा संगठनकी नेतृ बालिका खड्काले मुख्यमन्त्री राईसँग आफ्नो सम्बन्ध रहेको भन्दै पति नाता कायम गराइ अंश दिलाई पाऊँ भन्दै काठमाडौँ अदालतमा मुद्दा दर्ता गरेपछि शनिबार मुख्यमन्त्री राईले यसबारेमा बोलेका हुन्।

प्रेस संगठनले शनिबार सुनसरीको इटहरीमा गरेको कार्यक्रममा मुख्यमन्त्री राईले बालिकासँग आफ्नो चिनजान नै नभएको बताएका छन्।

‘जुन महिलाले ममाथि आरोप लगाएकी छन्, तिनीसँग मेरो चिनजान नै भएको छैन’, उनले भने।

उनले आफू सञ्चारमन्त्री हुँदा देखिनै मोबाइलमा निरन्तर रुपमा म्यासेज आउने गरेको बताउँदै उनले आफूले ती म्यासेज जस्ताको तस्तै प्रधानमन्त्रीलाई समेत देखाएको बताए।

‘ती म्यासेजहरुलाई जस्ताको तस्तै मोबाइलमा राखेर सञ्चारमन्त्रीको हैसियतमा प्रधानमन्त्रीज्यूलाई देखाएँ। उहाँ पनि अचम्मित हुनुभयो’, उनले भने, ‘यसभन्दा अगाडि पनि तपाईँका बारेमा एउटा गलत पोको लिएर मान्छेहरु आएका थिए। आज प्रमाणित भयो, तपाईमाथि ठूलो षड्यन्त्र भएको रहेछ। अब तपाई ढुक्कले केही विचलित नभई आफ्नो काममा अगाडि बढ्नुस्, कसैलाई केही प्रतिक्रिया नदिनुस्। मैले मान्छे चिनें, बुझें, प्रधानमन्त्रीजीले भन्नुभयो।’

उनले आफूलाई बदनाम गराउने गिरोह नै संलग्न रहेको र त्यस विषयमा पार्टी पोलिटब्युरोमा छलफल भइ आरोपहरु गलत भएको र आरोप लगाउने पात्र नै गलत भएको निष्कर्ष निकालेको बताए।

उनले अध्यक्षको अनुमति मागेर आफूले सात पेज म्यासेज र ६ वटा नम्बरसहित सीर्आबीमा उजुरी दिएको समेत बताए। उनले आफूमाथि निरन्तर रुपमा षड्यन्त्र हुँदा पनि आफूले कुनै प्रतिक्रिया नदिएको बताए। आफू भुइँतहबाट आएको मान्छे भएको आर्थिक र नैतिक मामिलामा कसैले पनि खोट लगाउन सक्ने ठाउँ नबनाएको दावी गरे।

याे पनि : पाँच वर्षको सम्बन्धमा शेरधनमाथि बालिकाका १० आरोप

‘शीर ठाडो पारेर सबैलाई भन्न सक्छु–म असाध्यै विकट गाउाँमा जन्मिएको र भुईँ तहबाट आएको मान्छे हुँ, म कसैको चाकडी गरेर आएको होइन’, उनले भने, 'पार्टीको सदस्यता लिएदेखि नै दिएको जिम्मवारी इमान्दारिताका साथ पूरा गर्दै आएको छु। मेरो जिन्दगी शतप्रतिशत पारदर्शी छ।आर्थिक र नैतिक मामिलामा कसैले पनि खोट लगाउन सक्ने ठाउँ मैले बनाएको छैन।’

पार्टी र प्रहरीको सल्लाहमा आफूले यसबारे कुनै प्रतिक्रिया नदिएको भए पनि बोल्न बाध्य बनाएपछि आफूले सत्य कुरा राखेको बताए। उनले केही दिनमै दुधको दुध र पानीको पानी हुने हुने बताए। उनले काफू कतै दोषी छ कि भनेर भ्रममा नपर्न समेत सबैलाई आग्रह गरे। ‘प्रहरीले यस विषयमा प्रतिक्रिया दिनुको कुनै अर्थ छैन भन्यो, पार्टीले पनि त्यस्तै भन्यो’, उनले भने, ‘तर आज बोल्नुपर्ने भयो। अब दुधको दुध, पानीको पानी छुट्टिने समय आयो। यो केही दिनमा छुटिन्छ, यहाँहरुले थाहा पाउनुहुन्छ।’

उनले यस विषयमा मिडियाको दुरुपयोग भएको बताउँदै सत्यतथ्य पत्ता लगाइदिन समेत आग्रह गरेका छन्। 

याे पनिमुख्यमन्त्री राई मेरा पति हुन्, नाता कायम गराइ पाऊँ भन्दै मुद्दा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .