ad ad

राजनीति


सगरमाथा संवादका लागि मौरिसस सरकार सकारात्मक, कामदार पठाउँदा मर्यादित प्रकृया अपनाउन जोड

सगरमाथा संवादका लागि मौरिसस सरकार सकारात्मक, कामदार पठाउँदा मर्यादित प्रकृया अपनाउन जोड

नेपालखबर
फागुन १७, २०७६ शनिबार १२:६,

हाल नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव मौरिसस भ्रमणमा छन्।

भ्रमणका क्रममा यादवले मौरिससका प्रधानमन्त्री प्रविन्दकुमार जुगनाउथसँग शुक्रबार पोर्टलुइसस्थित प्रधानमन्त्री कार्यालयमा शिष्टाचार
भेट गरेका थिए।

उक्त भेटवार्तामा श्रम समझदारीको कार्यान्वयन लगायत दुई देशबीचको आपसी हितका विविध विषयमा कुराकानी भएको थियो।

आगामी अप्रिलमा नेपालले सगरमाथा संवादको आयोजना गर्दैछ। साथै यसै बर्ष नेपालले ‘जलवायु परिवर्तन’ शीर्षकमा पनि कार्यक्रमको आयोजना गर्दैछ।

सो क्रममा मौरिससका प्रधानमन्त्री जुगनाउथदले नेपालले अन्तराष्ट्रिय स्तरको सम्वाद आयोजना गर्न लागेकोमा खुशी व्यक्त गर्दै मौरिससको तर्फबाट उच्चस्तरको सहभागिता रहने आश्वासन व्यक्त गरे।

शक्रबार नै मन्त्री यादव र मौरिससका कृषि, उद्योग तथा खाद्य सुरक्षा मन्त्री महेन् कुमार सिरुत्नसंग भेटवार्ता गरेका थिए। उनीसँग मौरिससको कृषि क्षेत्रमा नेपाली कामदारहरुको लागि रोजगारीको सम्भावनाका बारेमा कुराकानी भएको थियो।

Image result for श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव

यसअघि बिहीबार मन्त्री यादवले मौरिससका श्रम मानव श्रोत विकास तथा तालिम मन्त्री सुदेश सत्कम कालिचरनसंग भेट भएको थियो। भेटका क्रममा गत जुनमा सम्पन्न भएको श्रम समझदारीको प्रभावकारी कार्यान्वयका लागि दुवै पक्षबाटट निरन्तर सहकार्य गर्दै जाने बारेमा छलफल भएको थियो।

सो अवसरमा मौरिसस पक्षले नेपाली कामदार पठाउँदा मर्यादित कामदार भर्ना प्रकृया अपनाउन जोड दिएको थियो।

मन्त्री यादव मौरिससका श्रम, मानव श्रोत विकास तथा तालीम मन्त्री सुदेश सत्कम कालिचरनको निमन्त्रणामा मोरिससको औपचारिक भ्रमणमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .