ad ad

राजनीति


रास्वपालक्षित भीम रावलको टिप्पणी– बोलेकै भरमा महामन्त्रीलाई पार्टीबाट निकालेछन्

रास्वपालक्षित भीम रावलको टिप्पणी– बोलेकै भरमा महामन्त्रीलाई पार्टीबाट निकालेछन्

नेपालखबर
असार २२, २०८१ शनिबार १८:१४, काठमाडौँ

नेकपा एमालेका नेता डा. भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति इंगित गर्दै पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेर निरंकुशता देखाएको बताएका छन्। 

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजभोलि राजनीतिक दलहरुमा प्रश्न सोध्न पनि नपाइने गरेको बताए। 

‘हुन त आजकाल सोध्न पनि पाइँदैन। भर्खर एउटा नयाँ पार्टी आएको उनकै महामन्त्रीले केके सोध्यो भनेर पार्टीबाटै निकालिदिएछ। भन्नेबेला भयंकर लोकतन्त्र हामी। ए यस्तो लोकतन्त्र?,’ उनले भने।

प्रश्न गरेकै भरमा महामन्त्री ढकाललाई पार्टीबाट निस्कासित गरिएको उनको भनाइ थियो। 

भयंकर लोकतन्त्रवादी राजनीतिक दल भन्ने तर व्यवहार निरंकुशतावादी रहेको बताउँदै रावलले रास्वपा सभापति एवं उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै भने, ‘त्यो स्वर टेलिभिजनमा सुन्दा त मानौँ की नेपाल नै उथलपुथल भएर अलोकतान्त्रिक भन्नेकुरा जम्मै धर्ती मुनि पस्ला जस्तो। भरे माथि सतहमा आउँदा नागरिकता हेरे दुई वटा, राहदानी हेर्दा दुई वटा, अरु के तीन वटा। त्यसपछि गएर ठगी। अनि निजलाई देशको सम्पूर्ण जिम्मा। म खालि रवि लामिछानेजीलाई मात्रै भन्न चाहन्न। उहाँलाई त्यहाँ राख्ने पनि उत्तिकै जिम्मेवार छन्।’

नेपाललाई एकाधिकार पुँजीवादको खेल मैदान बनाउने काममा नेपालका ठूला राजनीतिक दलका ठूला नेता आफैँ लागेको उउनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .