ad ad

राजनीति


७० वर्ष दुःख गरेका छौँ, पार्टी विघटन हुन दिँदैनौँः माधव नेपाल

७० वर्ष दुःख गरेका छौँ, पार्टी विघटन हुन दिँदैनौँः माधव नेपाल

नेपालखबर
फागुन १५, २०७६ बिहिबार ९:२४,

सत्तारुढ नेकपाका शीर्ष नेताहरुबीच सम्बन्ध चिसिँदै गएका बेला वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विघटन हुन नदिने बताएका छन्।

रामशाह पथमा भइरहेको पार्टीको बागमती प्रदेशको प्रशिक्षणमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन्।

‘पत्रपत्रिका पढेर दिमाग खराब भएको होला। पार्टी विभाजन होला कि भन्ने होला। तर के कुरामा प्रस्ट हुनुस् भने पार्टी विघटन हुन दिँदैनौँ,’ उनले भने, ‘७० वर्ष हामीले कठोर दुःख गरेका छौँ। यसलाई हामी गुम्न दिँदैनौँ।’

कार्यक्रममा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल तथा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .