ad ad

राजनीति


प्रचण्डको एक कल फोनले तोडियो वडाध्यक्षको अनशन

प्रचण्डको एक कल फोनले तोडियो वडाध्यक्षको अनशन

नेपालखबर
फागुन १३, २०७६ मंगलबार १२:४३,

आमरण अनशन बसेका माडी नगरपालिका वडा नं. १ का वडाध्यक्ष कृष्ण पौडेलले अनशन तोडेका छन्।

निकुञ्ज ऐन संशोधनको माग गर्दै सात दिनदेखि अनसन बसिरहेका वडाध्यक्ष पौडेलले मंगलबार भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले जुस खुवाएर अनसन तोडाएकी हुन्।

सत्तारुढ दल नेकपाका अध्यक्ष एवं चितवनको सोही क्षेत्रका सांसद पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा कुरा गरेपछि उनी अनशन तोड्न सहमत भएका हुन्।

पौडेलले उठाएका माग जायज रहेको र आफू ती माग पूरा गराउन लागि पर्ने पहल गर्ने बताएपछि उनले अनशन तोडेका हुन्।

‘मेरो निर्वाचन क्षेत्रको सासंद, मेरो अभिवाभक पनि हुनुहुन्छ, प्रचण्ड। उहाँसँगको टेलिफोन संवादपछि, उहाँ माडीको यो न्यायको आन्दोलनमा आफ्नो ऐक्यवद्धता र अन्तिमसम्म साथ रहने प्रतिबद्धता व्यक्त गरेपछि उहाँको विश्वासमा हात्ती पीडित आमालाई साँक्षी राखेर अनशन तोडेको हुँ’, अनशन तोडेपछि वडाध्यक्ष पौडेलले भने।

उनले भरतपुर महानगरकी मेयर दाहाल, प्रजिअ, नेपाली कांग्रेस र नेकपाका जिल्ला नेताहरुको उपस्थितिमा अनशन तोडेका हुन्।

 माडी जाने निकुञ्ज भित्रको सडक चौबीसै घण्टा सञ्चालनमा ल्याउनु पर्ने, निकुञ्जबाट बढी प्रभावित बस्ती बाँदरझुला, अमिलियाको उचित व्यवस्थापन हुनुपर्ने लगायतका सात बुँदे माग राख्दै उनी एक साताअघि देखि अनशनमा बसेकाथिए। अनशनका क्रममा स्वास्थ्य गम्भीर भएपछि भरतपुर अस्पताल भर्ना गरिएको थियो भने कांग्रेस चितवनले उनका माग पूरा गर्दै जीवन रक्षाका लागि अपिल समेत गरेको थियो।

अनशन तोडेपछि उनले माडीबासीका पक्षमा आफूले केही गर्न पाएको र आफ्ना माग पूरा भए यहाँका जनताले सुविधा पाउने भन्दै खुसी व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .