ad ad

राजनीति


एमाले र माओवादीबीच खटपट भएको छैन : महेश बर्तौला

एमाले र माओवादीबीच खटपट भएको छैन : महेश बर्तौला

नेपालखबर
जेठ २१, २०८१ सोमबार १७:२२, काठमाडौँ

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सुझाव राखेकै कारण सत्तारुढ दलहरुको खटपट सुरु भयो भन्नेकुरा गलत भएको बताएका छन्। 

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुझाव दिएकै कारण नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को बीचमा असन्तुष्टि हुन लागेको भन्नेकुरामा सत्यता नरहेको स्पष्ट पारे। 

‘यो छलफललाई सत्ता पक्षका मान्यज्युहरुले पनि आफ्नो कोणबाट सुझाव दिन उपयुक्त ठान्नेकुरालाई अस्वभाविक मान्नु भएन। हामीले यो बजेटमा अलिकति छलफल भएको भए हुन्थ्यो भन्ने अपेक्षा हो। तथापि यो बजेट जुन आएको छ, यो बजेटप्रति हाम्रो आक्रोश छैन, नकारात्मक टिप्पणी छैन, असन्तुष्टि, आलोचना छैन,’ बर्तौलाले भने।

बजेटमा सत्ता पक्षका सांसदहरूले पनि आफ्नो कोणबाट सुझाव दिन उपयुक्त हुने बताउँदै उनले बजेटप्रति एमालेको आक्रोश, नकारात्मक टिप्पणी र असन्तुष्टि नभइ सुझावहरू मात्रै रहेको बताए।

‘यो बजेटप्रति हाम्रो केही सुझावहरू छ। छलफल गर्न सकेको भए राम्रो हुन्थ्यो भन्ने हो। राजनीतिक रुपमा हामी यसलाई मतदान गर्नेछौँ, सैद्धान्तिक रुमपा समर्थन गर्नेछौँ, व्यवहारिक रुपमा यो बजेट बोकेर हिंड्छौँ,’ उनले भने, ‘त्यसैले छलफलको प्रक्रियामा हामी मान्यज्युलाई आफ्ना कुरा राख्ने कुरामा बिर्को लगाउनुस् भन्दैनौँ। खुला ढंगले गर्नुस्। यही सुझाव राखेकै कारणले गर्दा बाहिर सत्तारुढ दलहरुको बीचमा विशेष एमाले र माओवादीकै बीचमा खटपट शुरु भएको भन्ने होइन। मजबुत ढंगबाट यो सरकार अघि बढ्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .