प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन जन्मघरमा आइपुगेका छन्।
प्रधानमन्त्री ओली आइतबार अपराह्न २ बजे आठराई गाउँपालिका वडा नं ४ इवास्थित जन्मघर आइपुगेका हुन्।
उनलाई संघीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र तेजमान कङ्दम्वा, गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र स्थानीयवासीले स्वागत गरेका थिए।
प्रधानमन्त्रीको स्वागतमा लिम्बू समुदायको च्याब्रुङ नाच, संगिनी नाच तथा विभिन्न झाँकी प्रदर्शन गरिएको छ।
प्रधानमन्त्रीका साथ पत्नी राधिका शाक्य, पिता मोहनप्रसाद ओली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल, खानेपानीमन्त्री विना मगर, संघीय सांसद विजय सुब्बा, गणेश विमलीलगायत छन्।
प्रधानमन्त्रीले आजै सुकेपोखरी–भदौरै सडकको शिलान्यास गरेका छन्। त्यस्तै आठराई–१, संकान्ति बजारमा स्थापना गरिएको नेपाल बैंक लिमिटेडको १७७ औँ शाखाको पनि उनले उद्घाटन गरे। रासस
प्रतिक्रिया