पतिनिधिसभाको बैठक सुरु हुन ढिला हुने भएको छ। शुक्रबार (वैशाख २८)बाट बजेट अधिवेशन सुरु हुँदैछ। दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान भएको थियो।
तर, अहिलेसम्म कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेको छैन। सभामुख देवराज घिमिरेले अहिले दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरिरहेका छन्।
उनीहरूसँगको छलफलपछि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्नेछ। ‘सभामुखज्यूसँग दलका सचेतक र प्रमुख सचेतकको छलफल भइरहेको छ,’ सचिवालयका एक सदस्यले भने, ‘त्यसपछि मात्रै परामर्श समितिको बैठक बस्छ,’
51
Shares
प्रतिक्रिया