निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन बुझाएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति कार्यालयमा बिहीबार ‘प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणाम सहितको प्रतिवेदन’ पेश गरे।
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आफ्नो प्रतिवेदन बुझाएको हो।
इलाम क्षेत्र नं २ प्रतिनिधि सभा र बझाङ १(१) प्रदेश सभामा यही वैशाख १५ गते उपनर्विाचन सम्पन्न भएको थियो।
15
Shares
प्रतिक्रिया