ad ad

राजनीति


विश्वविद्यालयले राष्ट्र हाँक्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्छ : शिक्षामन्त्री पोखरेल

विश्वविद्यालयले राष्ट्र हाँक्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्छ : शिक्षामन्त्री पोखरेल

नेपालखबर
फागुन ६, २०७६ मंगलबार १०:४८,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयले नयाँ ज्ञान निर्माणमा जोड दिनुपर्ने बताएका छन्।

मंगलबार राजधानीको बानेश्वर बहुमुखी क्याम्पसको २९ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले अनुसन्धानमुलक शिक्षामा जोड दिनुपर्ने बताए।

‘विगतको ज्ञान हस्तान्तरण गर्ने शिक्षाबाट माथि उठेर विश्वविद्यालयहरुले अब नयाँ ज्ञान निर्माणमा जोड दिनुपर्दछ’, मन्त्री पोखरेलले भने। उनले युगमा आएको परिवर्तनलाई आत्मसात गर्दै नवप्रवर्तन र अनुसन्धानमुलक शिक्षामा जोड दिनु आग्रह समेत गरे।

मन्त्री पोखरेलले विश्वविद्यालयले राष्ट्र हाँक्न सक्ने जनशक्ति उत्पादन गरे समृद्धिको यात्रा सफल हुने बताए। उनले कामको संसारसँग पढाइको संसार मेल खानुपर्नेमा जोड दिंदै शिक्षाको राष्ट्रिय नीति ल्याइएको दावी गरे।

कार्यक्रममा अनेरास्ववियूका नेता विजय गौतमले २१ औं शताब्दीका विद्यार्थीलाई १७÷१८ औं शताब्दीको पाठ्यक्रम र शिक्षणविधिले पढाएर अपेक्षित उपलब्धि हासिल हुन नसक्ने बताए। उनले बदललिँदो विश्व परिवेशअनुसार शिक्षाका उद्देश्य र शिक्षा दिने शैलीसमेत बदल्नुपर्ने आवश्यकता औँल्याए।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले शिक्षामा राज्यले लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताए। क्याम्पस प्रमुख घमानसिं बस्नेतले बानेश्वर क्याम्पसले सस्तो शुल्कमा स्तरिय शिक्षा दिइरहेको दाबी गरे।

कार्यक्रममा प्रदेश सांसदहरु गणेश दुलाल र लक्ष्मण लम्साल, सभासद तारानारायण श्रेष्ठ, विद्यार्थी नेताहरु रविन बस्नेत, श्याम रोका, नवीन शाही लगायतको उपस्थिति रहेको थियो।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिबोल भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा उत्कृष्ट शिक्षक, विद्यार्थीलाई तथा अतिरिक्त क्रियाकलापका बिजेतालाई सम्मान गरिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .