ad ad

राजनीति


जसपा कार्यकारिणी समिति बैठक, एकजना समानुपातिक सांसद तय गर्ने

जसपा कार्यकारिणी समिति बैठक, एकजना समानुपातिक सांसद तय गर्ने

फाइल तस्बिर


नेपालखबर
चैत २२, २०८० बिहिबार ११:२८, काठमाडौँ

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ।

बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा सुरु भएको बैठकमा समानुपातिक सांसद चयनका विषयमा छलफल हुने बताइएको छ।

पार्टीका केन्द्रीय प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त  स्थानमा जसपाले नयाँ सांसदको नाम सिफारिस गर्ने जानकारी दिए।

बैठकमा आगामी वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनका साथै पार्टीको राष्ट्रिय महाधिवेशनलगायत विषयमा पनि छलफल हुने उनले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .