आइतबारको प्रतिनिधिसभा बैठकमा पटक पटक विद्युत् काटिँदा समस्या भएको छ।
जारी बैठकमा आधा घण्टाको बीचमै तीन पटकसम्म विद्युत अवरुद्ध भएको हो।
बिजुलीको लाइन काटिन थालेपछि बैठक सञ्चालनमा पनि समस्या भएको थियो।
बैठकको सुरुमै नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतम बोल्न थालेपछि बत्ती गएको थियो।
त्यस्तै, एमाले सांसद एकनाथ ढकाल र अमरेशकुमार सिंह बोल्दा पनि बत्ती गयो।
बत्ती आएपछि अहिले प्रतिनिधिसभा बैठक जारी छ।
39
Shares
प्रतिक्रिया