राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टी प्रशिक्षण कार्यक्रम लिएर जिल्ला दौडाहामा निस्किएका छन्।
थापा मकवानपुरको हेटौंडादेखि बर्दियाको गुलरियासम्म आयोजना हुने प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज देखि जिल्ला दौडाहामा निस्किएका हुन्।
कार्यक्रम तालिका अनुसार चैत्र १६ गते मकवानपुरको हेटौंडामा, १७ गते चितवन र नवलपुरमा, १८ गते परासि र रुपन्देहीमा, १९ गते कपिलवस्तुमा र २० गते बाँके र बर्दियामा अगुवा कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रम तय भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
प्रशिक्षणमा अध्यक्ष थापाले मुलुकको वर्तमान अबस्था, पार्टीको भाबी कार्यक्रम र कार्यदिशा, संगठन सुदृढीकरणसहित सकृय सदस्यता बितरण अभियान, आन्दोलनको तयारीका बारेमा प्रशिक्षण दिनेछन्।
दौडाहा टोलिमा पार्टीका महामन्त्री राजाराम बर्तौला, मध्यमाञ्चल क्षेत्र समन्वय समितिका अध्यक्ष माधब खत्री, सहायक महामन्त्रीद्वय रामसुन्दर बिष्ट र डम्बर प्रसाद शिवाकोटी, केन्द्रिय सदस्य पुरु दाहाल र जनवर्गीय संगठनका अध्यक्षहरु सहभागी हुने पार्टी सचिवालयले जनाएको छ। रासस
Shares
प्रतिक्रिया