देशभरसँगै काठमाडौँ उपत्यकामा पनि मौसम बदली र वर्षा हुने क्रम जारी छ।
उपत्यकामा अहिले पनि सिमसिम पानी परिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा मध्यरातिदेखि नै वर्षा भइरहेको हो। ‘लगातार होइन, रोकिने, फेरि पानी पर्ने क्रम जारी छ’, उनले भने, ‘त्यस्तो ठूलो वर्षा होइन, हल्का वर्षा भई नै रहेको छ।’
उनका अनुसार आज पनि दिनभर नै उपत्यकाको मौसम खुल्ने सम्भावना देखिएको छैन। ‘बीचबीचमा बादल फाट्न खोजे पनि फेरि आइहाल्छ’, उनले भने, ‘दिनभरजसो नै पानी पर्ने रोकिने र फेरि पर्ने क्रम जारी रहने सम्भावना देखिन्छ।’
तीन/चार दिनयता देशभरजसो नै मौसम बदली र वर्षा हुने क्रम जारी छ। योसँगै काठमाडौँ उपत्यकाको मौसम पनि खुल्न सकेको छैन।
मौसमविद् झा भन्छन्, ‘अझै २/३ दिन मौसम बदली र वर्षा रोकिने सम्भावना देखिएको छैन।’
Shares
प्रतिक्रिया