ad ad

राजनीति


कृषि र माछामासुमा मुलुक आत्मनिर्भर भएको छ : प्रधानमन्त्री

कृषि र माछामासुमा मुलुक आत्मनिर्भर भएको छ : प्रधानमन्त्री

नेपालखबर
फागुन ३, २०७६ शनिबार ७:३३,

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठनपश्चात प्रतिदिन लगभग ६ किलोमिटरका दरले सडक कालोपत्र हुँदै आएको बताएका छन्।

सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले यस अवधिमा हासिल गरेका उपलब्धिका बारेमा जानकारी गराउँदै सो जानकारी दिएका हुन्। प्र‘यस अवधिमा १२५ तुइन विस्थापन भइसकेका छन्, भूकम्पले क्षतिग्रस्त तातोपानी जोड्ने सडक निर्माण भई आयात–निर्यात सञ्चालन भएको छ’, उनले भने, ‘कृषि र माछामासुमा मुलुक आत्मनिर्भर भएको छ।’

सरकारले करका दर होइन दायरा बढाउने सोच बनाएको उल्लेख गर्दै उनले स्थिर सरकार गठनसँगै विदेशी लगानीका लागि राम्रो वातावरण बनेको बताए। यस अवधिमा रु दुई खर्बको लगानीको प्रतिबद्धता आएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले व्यापार विविधिकरणमा उल्लेखनीय सुधार आई निर्यात २६।१ प्रतिशतले बढेको र आयात घटेको बताए।

ऊर्जा क्षेत्रमा भएका उल्लेखनीय उपलब्धिका बारेमा जानकारी गराउँदै उनले विद्युत् उत्पादनमा भएको वृद्धिसँगै विद्युत् निर्यातसमेत हुन थालेको बताए। साथै ८८ प्रतिशत जनसंख्यामा विद्युत् पुगेको उनले जानकारी गराए। यस अवधिमा विभिन्न विद्युत् प्रसारण लाइन निर्माणमा पनि उल्लेखनीय प्रगति भएको छ। यसले उत्पादित विद्युत् भारत र बंगलादेश निर्यातका लागि सहज भएको प्रधानमन्त्री ओलीको भनाइ थियो।

उनले भने, ‘एमसीसी कम्प्याक्टअन्तर्गत लप्सेफेदी–रातामाटे–दमौली– हेडौँडा–पाल्पा–बुटवल र गोरखपुरसम्म अन्तरदेशीय विद्युत् प्रसारण लाइन र आवश्यक सवस्टेशन निर्माणको कार्य सम्पन्न गर्ने योजना दीर्घकालीन महत्वको मात्र नभएर नेपालको अपार जलविद्युत् सामथ्र्य उपयोगमा कोशेढुङ्गा हुनेछ। अमेरिकी सरकारको करीब ५५ अर्ब अनुदान र हाम्रो १४ अर्ब हाराहारीको लगानीका साथ सम्पन्न हुने यस परियोजनाले राष्ट्रिय गौरवको योजनाको महत्व र हैसियत प्राप्त गरेको छ। आगामी पाँच वर्षभित्र यस आयोजनाको निर्माण कार्य पूरा भइसक्दा नेपालको अर्थतन्त्र, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन र ऊर्जा उपयोगको तस्बिर नै बदलिने निश्चित छ।’

उनले अगाडि थप्, ‘मुलुकमा गरीबी छ, तर भोकमरीको अन्त्य गरिएको छ, यस वर्ष शीतलहर र जाडोबाट कसैले पनि ज्यान गुमाउनुपरेको छैन। भर्खरै भएको राष्ट्रियसभाको निर्वाचनबाट पनि समग्रहमा मतको संख्यामा सरकारको पक्षमा जनमत कायमै भएको देखाएको छ। यो तथ्य पनि हो।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको ४० वर्षपछि पुनःनिर्माण तोकिएको समयमै सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकका अन्य विभिन्न विमानस्थलको पुनःनिर्माण र स्तरोन्नति गरी रात्रिकालीन सेवासमेत शुरु गरिएको जानकारी गराए। मुलुकमा पेट्रोलियम पाइपलाइन तोकिएको समयमै निर्माण सम्पन्न भएको बताउँदै उनले सबै नेपालीको पुहँचमा टेलिफोन सेवा पुगेको, भूकम्पछिको पुनःनिर्माण तीव्ररूपमा अघि बढेको तथा बारा र पर्सामा टोनार्डो पीडित जनतालाई तोकिएको समयमै आवास निर्माण गरी हस्तान्तरण गरिएको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘यस अवधिमा विद्यार्थी भर्ना दर शतप्रतिशत नजिक पुगेको छ। विद्यार्थीले विद्यालय छोड्ने दर कम भएको छ। स्वास्थ्य बीमा १५ जिल्लाबाट ३९ जिल्लामा विस्तार भएको छ। दक्षिण एशियामा नेपाल पहिलो खुला दिशामुक्त मुलुक भएको छ। काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि बन्चरेडाँडामा आगामी चैतभित्र सक्ने गरी ल्याण्डफिलसाइटको काम अघि बढेको छ। यी सबै उपलब्धि नै हुन्।’

‘आफू भ्रष्टाचार गर्दिनँ र कसैलाई गर्न पनि दिन्न’ भन्दै आएको र सोहीअनुसार कार्य पनि गर्दै आएको अवगत गराउँदै उनले भ्रष्टाचार गर्ने कसैलाई नछोड्ने धारणा व्यक्त गरे। साथै प्रधानमन्त्री ओलीले अतिक्रमण भएका सार्वजनिक जग्गा फिर्ता ल्याउन सरकार लागिपरेको बताउँदै सरकारको कारवाहीपछि सुन तस्करी तहसनहस भएको दावी गरे।

प्रधानमन्त्री ओलीले भने, ‘यो दुई वर्षमा राजश्व चुहावट, विनिमय अपचलन तथा अवैध हुण्डी कारोवारी एवं झुठा तथा नक्कली बिल जारी गर्ने कसूरमा कर्मचारी तथा विभिन्न फार्महरुसहित ७९५ जनाविरुद्ध रु २६ अर्ब सात करोड ९९ लाख बिगो दाबी गरी अदालतमा मुद्दा दायर गरिएको छ।’

मातातीर्थस्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको करीब १७४ रोपनी जग्गामा भएको कानूनविपरीत मोही काण्डको तथ्य पनि सार्वजनिक भइसकेको उल्लेख गर्दै उनले भने, ‘केही व्यक्तिलाई लाभ पु¥याउने नियतका साथ ‘नीतिगत निर्णय लिनुपर्ने अवस्था भयो’ भन्दै २०६९ साल कात्तिक २ गते यस सम्बन्धमा नेपाल ट्रस्ट ऐन २०६४ को दफा ९४० को उपदफा ९२० र ९३० विपरीत निर्णय भएको देखिन्छ। जसरी ललिता निवास प्रकरणमा राज्यको सम्पत्तिमा भएको अवाञ्छित दोहनको छानबिन गरी कारवाही अघि बढाइएको छ, यस काण्डको पनि सोही अनुरुप छानबिन हुन्छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .