ad ad

राजनीति


प्रधानमन्त्रीको प्रश्न : सरकारको नियतमाथि प्रश्न उठाउन पाइने, पत्रकारमाथि चाहिँ किन नपाइने?

प्रधानमन्त्रीको प्रश्न : सरकारको नियतमाथि प्रश्न उठाउन पाइने, पत्रकारमाथि चाहिँ किन नपाइने?

नेपालखबर
फागुन ३, २०७६ शनिबार ६:४८,

प्रधानमन्त्री केपी शर्माले सरकारले राम्रा काम गर्न खोज्दा सरकारकै नियतमाथि प्रश्न नउठाउन आग्रह गरे।

‘केही दिनअघि केही सम्पादकहरुले मलाई प्रश्न गर्नुभयो– हामी त चौथो अंग हौं क्रिटिकल (आलोचक) हुन्छौं, सरकारको खबरदारी गर्छौं, हाम्रो खबरमा किन नियती हेरिन्छ,’ प्रधानमन्त्रीको जिकिर थियो। चौथो अंग आलोचक हुन पाउने बताउँदै प्रधानमन्त्रीले पत्रकारलाई तथ्यमा आधारित भई सक्दो आलोचक हुन सुझाए।

संसद बैठकलाई शनिबार संबोधन गर्ने क्रममा उनले त्यस्तो धारणा राखेका हुन्। ‘मेरा पनि केही सरोकार छन्– मेरो नेतृत्वमा बनेको सरकारले गर्न लागेको काम र शुरु गरेका राष्ट्रिय अभियानमाथि चाहिँ किन नियत हेरिन्छ, के यो वैचारिक पूर्वाग्रहका कारणले हो? त्यस्तो वान्छनीय हुँदैन,’ उनले थपे।

प्रधानमन्त्रीले तुरुन्तै अर्को प्रश्न तेस्र्याए, ‘कुनै दल जन्मजात लोकतान्त्रिक हुने, कसैले चाहिँ पाइलैपिच्छे लोकतन्त्रको प्रमाणपत्र नवीकरण गर्नुपर्ने, यस्तो किन?’

उनले देशका राजनीतिक दलहरु को लोकतान्त्रिक शक्ति भन्नेबारे राजनीतिक पूर्वाग्रह राख्ने गरेको गुनासो व्यक्त गरे। लोकतन्त्र दलको नाम नभएको र व्यवहार र आचरण हुनपर्ने बताउँदै उनले कुनै खास झण्डा र नाम भएकै कारण कुनै दल ‘स्वतः सर्टिफाइड र क्लासिफाइड लोकतान्त्रिक हुने, अझ गर्भे लोकतान्त्रिक हुने र कसैले पाइलैपिच्छे आफू लोकतान्त्रिक भएको सर्टिफिकेट नवीकरण गर्दै हिंडनुपर्ने’ भनी प्रश्न उठाए।

त्यस्तो पूर्वाग्रह मान्य नहुने प्रधानमन्त्रीको धारणा थियो। उनले सरकारप्रति पनि पूर्वाग्रह राख्ने गरेको र सरकारले गरेका कामप्रति अनावश्यकरुपमा प्रश्न उठाउने गरेको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .