ad ad

राजनीति


महरालाई समेत कारबाही गर्‍यौँ, अरु ठूला रहेनन् : उपसभापति वाग्ले

महरालाई समेत कारबाही गर्‍यौँ, अरु ठूला रहेनन् : उपसभापति वाग्ले

नेपालखबर
चैत १०, २०८० शनिबार १६:३७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले सत्तारुढ दलकै उपाध्यक्षलाई पक्राउ गरेर उनको तुलनामा अरु गल्ती गर्नेहरू ठूला नभएको संकेत दिन खोजेको बताएका छन्। 

पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री बन्नासाथ एक्सनमा आएका काम गर्न थालेको प्रशसां गर्दै शनिबार आयोजित पार्टीको एक कार्यक्रममा उपसभापति वाग्लेले कृष्णबहादुर महरा चानचुने मान्छे नभएको समेत बताए। 

पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले लुकाएर राखिएका फाइल झिकेर टकटकाउन थालेको उनको दाबी छ।

‘फाइल लुकाउने र दबाउने जुन सुनेका छौँ, उहाँ (रवि लामिछाने) ले टकटक्याउन थाल्नुभएको छ।,’ उनले भने। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनन्य मित्र समेत रहेका महरालाई पक्राउ गरेर अन्य ठूला कामहरूको संकेत सभापति लामिछानेले गरेको वाग्लेले बताए। 

‘कृष्णबहादुर महरा भनेको चानचुने मान्छे होइन। ०६२ ०६३ पछि त उहाँ उपप्रधानमन्त्री, सभामुख, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, दोहोराई तेहराई सञ्चारमन्त्री भएको र वर्तमान बहालवाला प्रधानमन्त्रीका अनन्य मित्र कमरेड इन आर्मस् भन्छन्। त्यति नजिकको पात्रलाई समेत कानुनको दायरामा ल्याएका छौँ,’ उनले अघि भने, ‘त्यो सानोतिनो कदम होइन। सत्तासँग यतिसम्म नजिक सत्तारुढ दलको उपाध्यक्षलाई समेत कानुनी घेरामा ल्याउन सक्छौँ भने अरु त यीनको तुलनामा ठूलो रहेनन् भनेर संकेत दिन खोजेको पनि हो।’

उनले सोही कार्यक्रमको सम्बोधनको सुरुमा रविलाई माननीय उपप्रधानमन्त्री भन्दा स्वाद परेको टिप्पणी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .