ad ad

राजनीति


काम गर्न नसकेको दिन चटक्कै सरकार छाड्छौँ : स्वर्णिम वाग्ले

काम गर्न नसकेको दिन चटक्कै सरकार छाड्छौँ : स्वर्णिम वाग्ले

नेपालखबर
चैत १०, २०८० शनिबार १६:२३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले काम गर्न नसकिएको र नदिइएको दिन चटक्कै सरकार छाडेर आउने बताएका छन्। 

शनिबार काठमाडौँमा आयोजित कालिमाटी ब्यान्क्वेटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

‘हामी काम गर्न जाँदैछौं। काम गर्न नसकिएको र नदिइएको दिन चटक्कै छाडेर हामी जनतासँगै आउनेछौँ,’ वाग्लेले भने।

साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीजस्तो बन्नका लागि अन्य दलहरूले ४०/५० वर्षको दुःख गर्नुपरेको बताए। 

‘हाम्रोजस्तो हैसियत बनाउन अरु पार्टीलाई ४० ५० वर्षको दुःख गर्नुपरेको थियो,’ वाग्लेले भने। 

उनले पार्टी सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले पदमा बसेकै दिनबाट काम गर्न सुरु गरेको भन्दै लामो प्रशंसा समेत गरे। 

‘रास्वपा भन्ने पार्टी बोल्ने मात्रै भयो। हाम्रा जम्मा २१ जना सांसद छौँ। हामीले संसद तताएका छौँ।,’ उनले अघि भने, ‘८८४ मा जम्मा २० थान मात्रै हाम्रा सांसद छन्। नेपालको संसद् चलायमान भएको छ।’

उनले संसद्मा चेक खेलबारे केही दिनअघि राखेको सम्बोधन स्मरण गर्दै आफ्नो पार्टीका सांसदले कामबाट नै जवाफ दिनुपर्ने बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .