ad ad

राजनीति


गोकुल बाँस्कोटाको कटाक्षः सत्ता गठबन्धन त तातो दूधले मुख पोलेको मान्छेजस्तो!

गोकुल बाँस्कोटाको कटाक्षः सत्ता गठबन्धन त तातो दूधले मुख पोलेको मान्छेजस्तो!

फाइल फाेटाे : एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा


नेपालखबर
फागुन २८, २०८० सोमबार ११:५, काठमाडौँ

नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा आफ्नो पार्टीले नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेकोप्रति असन्तुष्ट देखिएका छन्। 

प्रतिनिधि सभा सदस्यसमेत रहेका पूर्वमन्त्री बाँस्कोटाले ‘वामपन्थी कार्यकर्ता’लाई उद्धृत गर्दै माओवादी–एमालेसहितको वर्तमान गठबन्धनप्रति कटाक्ष गरेका हुन्। 

सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘हिजो आँखा जुध्नासाथ पिरती लाए र दुवैको बोली फुटेपछि पिरतीमा धोखा भन्दै डिभोर्स गरे।

आज गामघरतिर जाँदा वामपन्थी कार्यकर्ता हसाउँदै भन्छन्- सत्ता गठबन्धन त तातो दूधले मुख पोलेको मान्छेले मोही दिँदा पनि फुकेर खान्छ नि, हो त्यस्तो हालतको अवस्थामा छ रे!’

यसअघि पनि प्रचण्ड एमालेसहितकै गठबन्धनको समर्थनमा २०७९ पुस १० गते प्रधानमन्त्री बनेका थिए। तर त्यो गठबन्धन राष्ट्रपति निर्वाचनका बेला फुट्यो।

राष्ट्रपतिमा माओवादीले एमालेका उम्मेदवारलाई होइन, कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई जितायो। यसपछि एमाले २०७९ फागुन १५ गते प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको थियो।

अनि एकाएक गठबन्धन फेर्दै प्रधानमन्त्री प्रचण्डले २०७९ चैत १७ गते कांग्रेसलाई आफ्नो सरकारमा भित्र्याएका थिए। तर त्यसको १ वर्ष नपुग्दै कांग्रेसलाई ‘किकआउट’ गर्दै उनले यही फागुन २१ गते पुनः एमालेलाई सत्ता गठबन्धनमा सामेल गराएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .