नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनका अध्यक्षसहित तीन जना काठमाडौँबाट पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखाको टोलीले अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालसहित तीन जनालाई पक्राउ गरेको हो। उनीहरुलाई संकटा क्षेत्रबाट पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।
पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको एसएसपी थापाले जानकारी दिए।
प्रतिक्रिया