ad ad

राजनीति


जनयुद्धको स्मरण गर्दै भट्टराईले भने : क्रान्ति जारी राखौँ

जनयुद्धको स्मरण गर्दै भट्टराईले भने : क्रान्ति जारी राखौँ

नेपालखबर
फागुन १, २०७६ बिहिबार ८:२८,

समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्धका उपलब्धिहरुको रक्षा गर्दै क्रान्ति जारी राख्नुपर्ने बताएका छन्।

२५ औँ जनयुद्ध दिवसको अवसरमा जनयुद्धको स्मरण गर्दै पूर्व माओवादीका शीर्ष नेता समेत रहेका भट्टराईले यस्तो बताएका हुन्।

उनले जनयुद्धको २५ औँ वर्ष प्रवेशको अवसरमा सहिद, बेपत्ताजन, घाइतेप्रति उच्च सम्मान व्यक्त गर्दै जनयुद्धमा सहभागी सबैलाई शुभकामना समेत दिएका छन्।

‘ऐतिहासिक जनयुद्ध प्रारम्भको २५औं वर्ष प्रवेशको सन्दर्भमा सम्पूर्ण महान् सहिदहरू,बेपत्ताजन, घाइतेप्रति उच्च सम्मान व्यक्त गर्दै १० वर्षसम्मको जनयुद्धको प्रक्रियामा सहभागी सम्पूर्ण क्रान्तिकारी सहयोद्धाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। उपलब्धिहरूको रक्षा गर्दै क्रान्तिलाई जारी राखौं’, सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष भट्टराईले भनेका छन्।

भट्टराई तत्कालीन माओवादीको जनसरकार प्रमुख समेत हुन। शान्ति प्रक्रियामा आएको केही समय अगाडि तत्कालीन माओवादी केन्द्रबाट अलग हुँदै नयाँ शक्ति पार्टी नेपाल गठन गरेका थिए। हाल उनी समाजवादी पार्टी नेपालको संघीय परिषद अध्यक्ष छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .