ad ad

राजनीति


बंगलादेशका सेना प्रमुख नेपालमा

बंगलादेशका सेना प्रमुख नेपालमा

नेपालखबर
माघ २४, २०७६ शुक्रबार १४:४१,

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र बंगलादेशका सेना प्रमुख जनरल अजिद अहमेद पाँच दिने भ्रमणका लागि नेपाल आएका छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका उपरथी निर्मल कुमार थापाले शुक्रबार स्वागत गरे।

जनरल अहमेदले मिति शनिबार टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्ने तथा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको जंगी अड्डाले जनाएको छ। भ्रमणको दौरान उनले पोखरास्थित श्री पश्चिम पृतना हेडक्वाटर तथा केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ।

साथै उनले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यस्तै सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने र सोही दिन नेपाली सेनाको पाँचखाल स्थित श्री विरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ। पाँच दिने औपचारिक भ्रमण पुरा गरी उनी माघ २८ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बंगलादेशी सेनाबीच रहँदै आएको आपसी सौहार्द्रपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .