सञ्चार सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्नै खुशीले राजीनामा दिएको दाबी गरेकी छन्।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा बोल्दै उनले सो कुरा बताएकी हुन्।
सांसदहरूले खनालले राजीनामा दिएर मात्र भाग्न खोजेको भन्दै प्रश्न उठाएपछी जवाफमा मन्त्री शर्माले सो कुरा बताइन्।
‘एउटा काम गर्ने सराउन्डिङ नै गर्न सकिएन भनेर दूरसचारका निर्देशकको राजीनामा आएको हो। उहाँले मलाई नै बुझाउनु भएको हो। केही लुकाउन हामीले राजीनामा गराएका हैनौँ’ उनले भनिन्।
सञ्चार माध्यम र सोसम मिडियामा पनि यसबारे प्रश्न उठेको भन्दै आफूहरुको दबाबमा राजीनामा नगरेको मन्त्री शर्माले बताइन्।
33
Shares
प्रतिक्रिया