नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मान्छेलाई मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको टिप्पणी गरेका छन्।
महाकाली—मेची यात्राका क्रममा आईतवार अछामको विनायकमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको बताए।
‘२०७९ साल जेठ १७ गते विनोद साह जस्ता होनहार युवाको जसरी हत्या भयो, त्यसको म बिरोध गर्न चाहन्छु। अत्यन्तै घिनलाग्दो कुरा हो, मानिसको हत्या गर्नु, मानिसमाथि आक्रमण गर्नु, हत्याको संस्कृति आफूजस्तै मान्छेलाई मारेर एउटा मान्छे मारेर चुनाव जित्ने भनेको घिनलाग्दो कुरा हो,’ ओलीले भने।
आफू सरकारमा रहँदा यस्ता कुरालाई हतोत्साही गरेको बताउँदै उनले अहिलेको सरकारले हत्याराहरुलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वश्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने गरेको पनि बताए।
‘यो कुरा हामी माथि पनि र संसदमा पनि भनिरहेका छौँ। सरकारमा हुँदा पनि यस्ता कुरालाई हतोत्साही गरेका छौँ। हामी सरकारमा हुँदा यस्ता कुरा हुन पाउँदैनन्। जब हामी सरकारबाट हट्छौँ तब विभिन्न हत्या, हिंसाका सिलसिला सुरु हुन्छ, जाली मुद्दा लगाउने, हत्यारा उम्काउने सिलसिला सुरु हुन्छ,’ उनले भने, ‘अहिलेको सरकारले हत्याराहरुलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वश्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने, अहिले धमाधम अदालतले त्यस्ता मुद्दा फिर्ता लिन पाउँदैनौँ, सजाय हुनुपर्छ भनेर फेरि जेलमा हालेको छ। म विनोद साहीलाई शहिदको रुपमा घोषणा गर्दछु।’
अध्यक्ष ओलीले चुनावकै विषयमा २०७९ साल जेठ १७ गते अछामका विनोद शाहीलाई बेपत्ता बनाइ हत्या गरिएकोमा खेद प्रकट गर्दै सहिद घोषणा समेत गरे।
भिडिओ:
Shares
प्रतिक्रिया