ad ad

राजनीति


नेकपा बैठक : समूहगत प्रतिवेदन पेस हुने क्रम जारी, अध्यक्ष ओली अनुपस्थित

नेकपा बैठक : समूहगत प्रतिवेदन पेस हुने क्रम जारी, अध्यक्ष ओली अनुपस्थित

नेपालखबर
माघ १८, २०७६ शनिबार ६:२५,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय समिति बैठकमा समूहगत प्रतिवेदन पेस हुने क्रम जारी छ।

शुक्रबार प्रदेश अध्यक्षको रिपोर्टिङ प्रतिवेदन लगत्तै सुरु भएको समूहगत प्रतिवेदन पेस गर्ने कार्यक्रम शनिबार पनि निरन्तर रहेको छ।

शुक्रबार समूह ६ का नेता दीनानाथ शर्मा, समूह १३ का टोली नेता लेखनाथ न्यौपाने र समूह ९ का टोली नेता भगवती चौधरीले समूहगत प्रतिवेदन पेस गरेका थिए।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गरेर समूहमा छलफलपछि समूह नेताले समूहगत प्रतिवेदन प्रस्तुत गरिरहेका छन्।

शनिबार समूह ३ का नेता खिमलाल भट्टराई र समूह १२ का नेता रेणु दाहालले आफ्नो समूहको सुझाव प्रस्तुत गरिसकेका छन् भने समूह ४ का नेता जगन्नाथ खतिवडाले आफ्नो समूहगत प्रतिवेदन प्रस्तुत गरिरहेका छन्।

 बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका छैनन्। बैठकको पहिलो दिन उपस्थित भएका अध्यक्ष ओली त्यसपछि भने उपस्थित नभएका हुन्।

समूह नेताहरुले  प्रतिवेदन पेस  गरिसकेपछि आइतबार अध्यक्ष प्रचण्डले उठेका सवालका विषयमा जवाफ दिने कार्यक्रम छ।

बैठकमा मुख्य गरेर एमसीसी, लिपुलेक, पार्टीभित्रको गुटबन्दी आदिका विषयमा छलफल भएको टोली नेताहरुले बताइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .