ad ad

राजनीति


झलनाथको प्रश्न– जाडोले भूकम्प पीडितको मृत्यु भएको भन्ने कुरा साँचो हो?

झलनाथको प्रश्न– जाडोले भूकम्प पीडितको मृत्यु भएको भन्ने कुरा साँचो हो?

फाइल तस्बिर


नेपालखबर
कात्तिक २७, २०८० सोमबार १८:४३, काठमाडौँ

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिम नेपालका भूकम्प पीडितका लागि आवश्यक सेवा उपलब्ध गराउने कामलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गरेका छन्।

जाडोले कठ्यांग्रिएर भूकम्प पीडितहरु मर्नुपरेको दुर्भाग्यपूर्ण समाचार आफूले सुनेको उल्लेख गर्दै सम्माननित नेता खनालले त्यस्तो अवस्था आउन नदिने गरी उनीहरुको सेवामा सरकार युद्धस्तरमा लाग्नुपर्ने बताएका हुन्। 

‘देशका विभिन्न संघ, संस्थाहरुले, पार्टीहरुले त्यो ठाउँमा सहयोग पु¥याउनका लागि उद्धारका कार्यहरु गर्नुभएको छ। सहयोग उपलब्ध गराउनु भएको छ। तर ती सबै कुराहरूलाई सरकारले एकद्वार नीति अन्तर्गत सेवा पु¥याउने भनेर सरकारले एक ढंगले गरिरहेको छ। तर, सेवा पुगिरहेको छ कि छैन त? अहिले पनि। र, म आजै मात्र पनि सञ्चार माध्यमहरूबाट सुनिरहेको छु–त्यहाँका कतिपय जनताले अहिले पनि आवश्यक राहत, उद्धार पाउन सकिरहेका छैनन्। र, जाडोले कतिपय मानिसहरूको मृत्यु भएको कुरा पनि आएको छ। के यो साँचो हो?’, उनले भने, ‘यदि साँचो हो भने यो बडो दुर्भाग्यपूर्ण समाचार हो। र, अत्यन्तै गम्भिर समाचार पनि हो। यो कुरालाई सरकारले अत्यन्त गम्भिरतापूर्वक लिन जरुरी छ। अहिलेसम्म पनि, यत्रो दिन पार हुँदा पनि सरकारले त्यहाँका पीडितहरुलाई आवश्यक सुविधाहरू दिन सक्दैन। र, कम्मल मात्र पनि दिन सक्दैन मान्छे जाडोले कठयांग्रिएर मर्नुपर्ने स्थिति बन्यो भने यहाँ भन्दा ठूलो दुर्भाग्य अरु के हुनसक्छ?’

सोमबार काठमाडौंको डल्लुस्थित आफ्नै निवासमा आयोजित देउसीभैलो कार्यक्रममा बोल्दै उनले कतिपय पीडितले अहिले पनि राहत र उद्धार पाउन नसकिरहेको उल्लेख गर्दै त्यसको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए।

‘कर्णालीका आम जनता वास्तवमा शोक मनाईरहेको अवस्थामा छन्। खासगरी जाजरकोट र रुकुमका जनतामा यस पटक गएको भूकम्पले जुन प्रकारको एउटा आतंक सृजना गरेको छ। त्यो आतंक अझै गइसकेको छैन। त्यो ठूलो भूकम्पले धेरै जनधनको क्षति गरेको छ,’ खनालले भने, ‘हाम्रो धेरै दाजुभाई दिदीबहिनीहरुको निधन भएको छ। म उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। र, सबै घाईतेहरु, भूकम्पबाट पीडितहरुप्रति म समेवदना व्यक्त गर्न चाहन्छु। र, त्यहाँका भूकम्प पीडित जनतालाई उद्धार गर्नका लागि, सेवा गर्नका लागि सरकारले एकद्धार नीति बनाएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .