ad ad

राजनीति


स्वतन्त्रताको ध्वाँस दिनेबाट टिकटकमाथि प्रतिबन्ध लगाउनु अनुचित, फिर्ता हुनुपर्छ : राजेन्द्र लिङ्देन

स्वतन्त्रताको ध्वाँस दिनेबाट टिकटकमाथि प्रतिबन्ध लगाउनु अनुचित, फिर्ता हुनुपर्छ : राजेन्द्र लिङ्देन

नेपालखबर
कात्तिक २७, २०८० सोमबार १७:४१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटक बन्द गर्ने सरकारको निर्णय अनुचित र अनुपयुक्त भएको टिप्पणी गरेका छन्। 

सोमबार बसेको मन्त्रिपरिषद्बाट भएको निर्णयको विरोध गर्दै उनले यो प्रजातन्त्र, मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको ध्वाँस दिनेहरूबाट भएको यो कदम अनुचित भएको दाबी गरेका छन्। 

‘प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला ध्वाँस दिनेहरूबाट टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ। यो निर्णय निरंकुशताको बाटो हो,’ उनले भनेका छन्। 

कुनैपनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक भएपनि त्यसका नाममा प्रतिबन्ध स्वीकार गर्न नसकिने उनको तर्क छ। 

‘आज टिकटक माथिको प्रतिबन्ध सुरुवात मात्र हो, भोलि एक्स(टुइटर), फेसबुक आदिमा प्रतिबन्ध हुनसक्छ। कुनैपनि नाममा अभिव्यक्ति स्वतन्त्रता माथि लगाईने अंकुशको विरोध गरिन्छ,’ उनले भनेका छन्, ‘टिकटक माथिको प्रतिबन्ध अविलम्ब फिर्ता हुनुपर्छ।’

सम्बन्धित सामग्री:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .