नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ।
गत कार्तिक १७ गते राति कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु बनाई गएको भूकम्पमा परेर जनधन गुमाउन पुगेका नागरिकको सहयोगार्थ रु ५ लाख ७० हजार उपलब्ध गराउने निर्णय गरेको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए।
एमाले संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पदाधिकारीहरुका तर्फबाट उक्त रकम सरकारको राहतकोषको खातामा जम्मा गर्ने निर्णय भएको थपलियाले बताए।
‘विपत्मा परेका नागरिकहरुलाई थोरै भएपनि आ–आफ्नो स्थानबाट सहयोग गरिनुपर्ने महसुश गर्दै तत्काललाई उक्त रकम उपलब्ध गराउने निर्णय भएको गरेका हौं,’ संसदीय नेता थपलियाले नेपालखबरसँग भने।
बागमती प्रदेश सभामा एमालेका २७ जना सांसदहरु रहेका छन्।
21
Shares
प्रतिक्रिया