ad ad

राजनीति


नेकपा केन्द्रीय समितिमा छलफलः ६ समूहको नेतृत्वमा महिला

नेकपा केन्द्रीय समितिमा छलफलः ६ समूहको नेतृत्वमा महिला

नेपालखबर
माघ १६, २०७६ बिहिबार १०:२१,

नेकपाको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक जारी छ। बुधबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने महासचिव विष्णु पौडेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

सो प्रतिवेदनमाथि केन्द्रीय समितिमा १५ वटा समूह बनाएर छलफल सुरु भएको छ। राष्ट्रिय सभागृह, केन्द्रीय कार्यालय धुम्बाराही र जनवर्गीय संगटनहरुको कार्यालय पेरिसडाँडामा समूहगत छलफल भइरहेको छ। हरेक समूहमा ३० जना र एउटामा मात्र ३१ जना सदस्य सहभागी छन्।

छलफलको निश्कर्ष १५ वटै टोलीका नेताले बैठकमा प्रस्तुत गर्नेछन्।

१५ मध्ये ९ समूहको पुरुष र ६ वटा महिलाले नेतृत्व गरेका छन्।

१५ टोलीका नेता यसप्रकार छन्ः

१. उर्मिला अर्याल

२– कमला रोक्का

३– खिमलाल भट्टराई

४–जगन्नाथ खतिवडा

५–ठाकुर गैरे

६– दीनानाथ शर्मा

७–पूर्णाकुमारी सुवेदी

८– विन्दा पाण्डे

९ भगवती चौधरी

१०– युवराज ज्ञवाली

११– राजेन्द्र राई

१२– रेणु दाहाल

१३– लेखनाथ न्यौपाने

१४– राम कार्की

१५– हिमाल शर्मा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .