ad ad

राजनीति


बाबुरामको प्रश्न :मार्क्स र लेनिनको फोटो फालेसी नेकपा नाम किन?

बाबुरामको प्रश्न :मार्क्स र लेनिनको फोटो फालेसी नेकपा नाम किन?

नेपालखबर
माघ १६, २०७६ बिहिबार ९:२४,

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुरानै एमालेको नयाँ अवतार भएको बताएका छन्।

बुधबारबाट काठमाडौँको राष्ट्रिय सभागृहमा जारी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा जारी राजनीतिक र संगठनात्मक प्रतिवेदनलाई लिएर अध्यक्ष भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले राजनीतिक प्रतिवेदन लेख्ने काम पूर्व माओवादी केन्द्रका अध्यक्ष समेत रहेका नेकपा अध्यक्ष प्रचण्डले गरे पनि शब्द र अर्थ एमालेको भएको उनकाे दाबी छ। उनले पार्टीको ब्यानबाट माक्र्स र लेनिनको फोटो हटाइएकोबारे समेत प्रश्न गरेका छन्।

‘सत्ताधारी नेकपाको चालु केन्द्रीय समिति वैठकमा प्रस्तुत राजनीतिक र संगठनात्मक प्रतिवेदन पढ्दा वर्तमान नेकपा पुरानै एमालेको नयाँ अवतार भएको बुझ्न गाह्रो हुँदैन’, सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष भट्टराईले ट्विटगर्दै भनेका छन्, ‘एउटै फरक (राजनीतिक प्रतिवेदनमा) कलम प्रचण्डको, शब्द र अर्थ एमालेको। अर्को जिज्ञासाः मार्क्स–लेनिनको फोटो फालेसी नेकपा नाम किन?’

ब्यानर र बैठकस्थलमा राखिएका फोटालाई लिएर पार्टीभित्रै विवाद चलिरहेका बेला कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि नेकपाले मनमोहन अधिकारीको फोटो हटाएर राम्राे नगरेकाे प्रतिक्रिया दिएका छन्। 

प्रवक्ता शर्माले भने लेनिन र लेनिनको तस्बिर हटाइनु सकारात्मक भएको बताएका छन्। मनमोहनलाई प्रथम कम्युनिस्ट प्रधानमन्त्री र सालिन राजनीतिज्ञ भन्दै शर्माले पुष्पलाल र मदन भण्डारीका बीचमा उनको तस्बिर हुँदा तर्कपूर्ण देखिने उनको भनाइ छ।

इतिहासको सम्मान केवल पार्टीगत मामिला नभएको उनको प्रतिक्रिया छ।

नेकपाले बैठकमा यसअघि राख्दै आएका कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु मार्कस, लेनिन, स्टालिन र माओका तस्बिर हटाएको छ। एकतापछि दोस्रो पटक बसेको केन्द्रीय समितिको बैठकमा संस्थापक पुष्पलाल. श्रेष्ठ, मदन भण्डारी र अहिलेका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फोटो मात्रै राखिएको छ। ओली र प्रचण्डको फोटो राखिएपछि नेकपाकै केही केन्द्रीय सदस्यहरुले आपत्ति जनाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .