नेकपा (एमाले)का महासचिव संकर पोखरेलले एमालेका लागि सरकार प्राथमिकताको विषय नभएको बताएका छन्।
प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोशीमा कांग्रेसका आठ सांसदले एमालेको सहयोग माग गरेपछि आफूहरुले समर्थन मात्रै गरेको बताए।
फरक प्रसंगमा उनले आधारभूत विश्वव्यापी मान्यताअनुरुप नै शान्तिप्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्नेमा जोड दिए।
महासचिव पोख्रेलले घोराही–तुलसीपुर चारलेन सडक निर्माणको ठेक्का लगाउने कुरा चलेको जानकारी दिँदै पुनः एक्जिम बैङ्कको लगानीमा सुरु भए अवस्थामा सुधार आउने बताए।
‘फेरि पनि एक्जिम बैङ्कले चारलेन बनाउने कुरा आएको छ, नेपाल सरकारले त्यसमा बजेट छुट्याउन सकेको छैन, उनले भने, ‘एक्जिम बैंकले नै बजेट दिएर चारलेन बनाउँदा पुनः त्यस्तै हालत हुन्छ, सुधार हुँदैन।’ रासस
Shares
प्रतिक्रिया