ad ad

राजनीति


संगठन बलियो बनाउन लाग्नुस्, अवसर पाइन्छ : आरजु देउवा

संगठन बलियो बनाउन लाग्नुस्, अवसर पाइन्छ : आरजु देउवा

नेपालखबर
असोज २७, २०८० शनिबार १६:२३, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले संगठन बलियो बनाउन लागे एकदिन अवश्य अवसर पाइने बताएकी छिन्। नेपाली कांग्रेस अछाम–काठमाडौं सम्पर्क समितिले दशैं, दिपावली तथा छठ पर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अवसरका लागि हतार गर्न जरुरी नभएको बताइन्। 

उनले कार्यक्रममा सहभागीहरूलाई अमूल्य जीवन अरुको बारेमा नकरात्मक सोचेर खेर नफाल्न आग्रह समेत गरिन्।

माता दुर्गा भवानीले सबैमा सकरात्मक सोच्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दै उनले भनेकी छिन्, ‘सबैले सकरात्मक सोचौं। जे सोच्यो त्यस्तै बन्ने भएकाले सकरात्मक सोचौं। नकरात्मक सोचेर समय खेर नफालौं। माता दुर्गा भवानीले सबैमा सकरात्मक सोचको बिकास गर्ने शक्ति प्रदान गरून्।’ 

यस्तै उनले सबै नेता कार्यकर्ताले पार्टी एकजुट बनाउन लाग्नुपर्ने बताइन्। पार्टीमा आन्तरिक मनमुटाव हुन सक्ने भन्दै देउवाले त्यसको असर पार्टीको संगठनमा पर्न दिन नहुनेमा सबै सचेत बन्नुपर्ने बताइन्।

कार्यक्रमका सभापति एवं अछाम–काठमाडौं सम्पर्क समितिका सभापति जनकबहादुर धामीले समितिले विभिन्न कामले अछामबाट काठमाडौं आउनेहरुलाई सक्दो सहयोग गर्ने बताए। 

समितिका सचिव भीमबहादुर कुँवरले संचालन गरेको कार्यक्रमको स्वागत उपसभापति दुर्गाप्रसाद तिमिल्सिनाले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .