ad ad

राजनीति


एमालेमा एक लाख ६१ हजार नयाँ सदस्य

एमालेमा एक लाख ६१ हजार नयाँ सदस्य

फाइल तस्बिर


नेपालखबर
असोज २४, २०८० बुधबार २०:४, काठमाडौँ

नेकपा (एमाले) मा दशौं राष्ट्रिय महाविधेशनयता एक लाख ६१ हजार नयाँ सङ्गठित सदस्य थपिएका छन्। नयाँ र नवीकरणसहित हाल एमालेमा सङ्गठित सदस्य पाँच लाख ५० हजार पुगेका छन्।

पार्टीको प्रदेश कमिटीका अधिवेशन सुरु हुनुअघि एमाले केन्द्रीय कार्यालयमा अभिलेख भएको विवरणअनुसार सो परिमाणमा पार्टीका सङ्गठित सदस्य रहेको केन्द्रीय सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए।

उनका अनुसार अब प्रवास कमिटीमा रहेका सङ्गठित सदस्यको सङ्ख्या विवरण आउन बाँकी छ।

‘हामीले प्रदेश कमिटी अधिवेशनसम्म पार्टी सदस्यता नवीकरण गर्न भनेका थियौँ’, उनले भने, ‘प्रदेश कमिटी अधिवेशन सकिएपछि जिल्ला अधिवेशन सुरु हुन्छ। त्यतिबेला पनि पार्टी सदस्यता वितरण, नवीकरणको कार्य हुन्छ।’
एमालेको दशौं राष्ट्रिय महाविधेशनमा आठ लाख ५५ हजार सदस्य रहेका थिए। नवौँ महाधिवेशनताका पार्टीका सदस्य दुई लाख ५६ हजार सात सय ७२ थिए भने त्यसपछि सात लाखको हाराहारीमा सदस्य पुगेका थिए। 

सचिव ढुङ्गेलले दशौं महाधिवेशनका समयमा पार्टी सङ्क्रमणकाल (एमाले र माओवादी केन्द्रसँगको एकता) मा रहेको र अभिलेखमा पार्टी सदस्यता दोहोरिएकाले त्यसबेला पार्टी सदस्यको सङ्ख्या बढी भएको बताए। 

एमालेको दशौं महाधिवेशन २०७८ मङ्सिर १० देखि १३ गतेसम्म चितवनको सौराहामा भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .