ad ad

राजनीति


शव ल्याउन इजरायल सरकारसँग आग्रह गरेका छौँ : प्रवक्ता लम्साल

शव ल्याउन इजरायल सरकारसँग आग्रह गरेका छौँ : प्रवक्ता लम्साल

नेपालखबर
असोज २४, २०८० बुधबार १७:२०, काठमाडौँ

इजरायलमा प्यालेस्टाइनी विद्रोहीको आक्रमणबाट मारिएका नेपालीको शव ल्याउन प्रक्रिया सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्तासेवा लम्सालले मृत्यु भएका नेपालीको शव हस्तान्तरणका लागि इजरायल सरकारलाई अनुरोध गरिएको बताइन्।
तर इजरायल सरकारलाई दबाब नै दिनुपर्ने अवस्था चाहिँ नभएको उनले बताइन्।

‘शव ल्याउने प्रक्रिया बेग्लै हुन्छ। हामीलाई इजरायल सरकारले शव हस्तान्तरण गर्नुपर्छ’ उनले भनिन्, ‘त्यसका लागि इजरायल सरकारसँग हामीले अनुरोध गरेका छौँ।’

इजरायलमा रहेका नेपाली विद्यार्थीलाई लिन बुधबार जान लागेको नेपाल एयरलाइन्सको जहाजमा शव नल्याइने लम्सालले बताइन्।

शनिबार गाँजा क्षेत्रमा प्यालेस्टाइनी विद्रोहीले गरेको आक्रमणका क्रममा १० जना विद्यार्थीको निधन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .