द्वन्द्वग्रस्त इजरायलमा रहेका ३५० जना नेपाली त्यहाँस्थित नेपाली राजदूतावासको सम्पर्कमा आएका छन्।
बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले सो जानकारी दिएकी हुन्।
‘इजरायलमा रहेका मध्ये ३५० जनाले अनलाइन फारम भर्नुभएको छ’ त्यसमध्ये २८८ जना स्वदेश फर्कन इच्छुक हुनुहुन्छ’ लम्सालले भनिन्, ‘उहाँहरुलाई लिन आजै राति २५० जना क्षमताको वाइडबडी जहाज त्यसतर्फ जाँदैछ।’
उनले प्राथमिकताका आधारमा विद्यार्थीलाई पहिला ल्याउने र बाँकी नियमित उडानमार्फत फर्कन चाहनेलाई दूतावासले सहयोग गर्ने बताइन्।
उनले कामको लागि इजरायल पुगेका नेपालीहरुबारे भने उपयुक्त समयमा सरकारले निर्णय गर्ने बताइन्।
प्रतिक्रिया