ad ad

राजनीति


अब बन्ने क्यासिनो विदेशी सीमाबाट ५ किलोमिटर टाढा राख्नुपर्ने

अब बन्ने क्यासिनो विदेशी सीमाबाट ५ किलोमिटर टाढा राख्नुपर्ने

नेपालखबर
असोज २४, २०८० बुधबार १६:३१, काठमाडौँ

अब बन्ने नयाँ क्यासिनोहरू विदेशी सीमाबाट ५ किलोमिटरको सीमा कायम गरेर मात्रै सञ्चालन गर्न पाउने भएका छन्।

कानून, न्याय तथा मानव अधिकार समितिले सम्पती शुद्धीकरण (मनी लाउन्डरिङ्) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ।

मंगलवार समितिलाई उपसिमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरी बुधवार समितिले पारित गरेको हो। उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख भएको सहकारीको विषयमा विधेयकको सहकारी ऐन, २०७४ को दफा ५२ (दफा १८ को उपदफा २ झिक्ने) मा व्यक्तिगत बचतको अधिकतम सीमा २५ लाख हुनेगरी प्रस्ताव भएको विषय हटाउने गरी सहमति भएको समिति सभापति विमला सुवेदीले बताइन्।

उनकाअनुसार समितिले क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने कुरा थप गरी पारित गरिएको छ। तत्कालीन प्रचलित कानूनअनुसार ३ किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरु कायम राख्ने तर तत्कालीन अवस्थामा ३ किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाहरुको हकमा आगामी तीन वर्ष भित्रमा ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने प्रावधान प्रस्ताव गरिएको बताइन्।

उनले भनिन्, ‘क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट ५ किलोमिटर की ३ किलोमिटर गर्ने भन्ने विषय थियो, त्यो विषयमा तत्कालीन प्रचलित कानूनअनुसार ३ किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरुको सन्दर्भमा त्यो कायम राख्ने र तत्कालीन अवस्थामा ३ किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाहरूले अब तीन वर्ष भित्रमा ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने। अब बन्ने नयाँ क्यासिनोहरुको हकमा ५ किलोमिटरको सीमा कायम गर्ने।’

समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक समितिमा अड्काएर राख्न नहुने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .