ad ad

राजनीति


के छ टीआरसी विधेयकसम्बन्धी छलफल गर्न बनेको उपसमितिले बुझाएको प्रतिवेदनमा? (पूर्णपाठ)

के छ टीआरसी विधेयकसम्बन्धी छलफल गर्न बनेको उपसमितिले बुझाएको प्रतिवेदनमा? (पूर्णपाठ)

नेपालखबर
असोज २३, २०८० मंगलबार २१:८, काठमाडौँ

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि दफावार छलफल गरी समितिसमक्ष प्रतिवेदन पेस गर्न गठित उपसमितिले प्रतिवेदन पेस गरेको छ।

समितिको मंगलबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी समितिसमक्ष प्रतिवेदन पेश गर्न गठित उपसमितिले प्रतिवेदन पेस गरेको हो।

प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले सक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकलाई दफावार छलफल गरी समितिसमक्ष प्रतिवेदन पेस गर्न उपसमिति गठन गरेको थियो।

चारवटा विषयमा सहमति नजुट्दा उपसमितिले सुझाव सहितको प्रतिवेदन  मंगलबार कानुन, न्याय तथा मानव अधिकार समितिलाई बुझाएको हो। 

उपसमितिले ४ वटा विषय पूर्ण समितिबाटै टुंगो लगाउन राय दिएको छ।

केही विषयमा सहमति आवश्यक रहेको भन्दै जेठ ५ मा कानुन, न्याय तथा मानवअधिकार समितिले ११ सदस्यीय उपसमिति गठन गरेको थियो। 

उपसमिति सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि अहिले समिति १० सदस्यीय छ।

यस्तो छ पूर्णपाठः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .