ad ad

राजनीति


इजरायल घटना : आज राष्ट्रिय शोक

इजरायल घटना : आज राष्ट्रिय शोक

नेपालखबर
असोज २३, २०८० मंगलबार ६:२७, काठमाडौँ

प्यालेस्टाइनको हमास समूहले इजरायलमा गरेको आक्रमणमा परेर ज्यान गुमाएका नेपालीको सम्मानमा सरकारले आज (मंगलबार) देशभर राष्ट्रिय शोक घोषणा गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतक नेपालीहरुको सम्मानमा राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो। 

मन्त्रिपरिषद् बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। 

गएको शनिबार राति इजरायलमा हमास समूहले आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। आक्रमणपछि एक नेपाली हराइरहेका छन्। 

सरकारले मृतकका परिवारलाई १० लाख दिने निर्णय पनि गरेको छ। 

त्यसैगरी अन्तर्राष्ट्रिय समुदायसँगसमेत सहयोग लिएर तत्कालै इजरायलमा रहेका नेपालीको उद्धार गर्ने, इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा बेपत्ता नेपालीको खोजीमा तीब्रता दिने एवं घाइतेहरुको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय पनि सरकारले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .