ad ad

राजनीति


सभामुखकाे मर्यादाक्रम प्रधानमन्त्री र प्रधानन्यायाधीशभन्दा माथि हुनुपर्छ: भट्टराई

सभामुखकाे मर्यादाक्रम प्रधानमन्त्री र प्रधानन्यायाधीशभन्दा माथि हुनुपर्छ: भट्टराई

नेपालखबर
माघ १४, २०७६ मंगलबार ८:४६,

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री र प्रधानन्यायधीशभन्दा माथिको वरियताक्रममा सभामुखलाई राख्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकलाई मङ्गलबार सम्बोधन गर्दै डा. भट्टराईले मर्यादाक्रममा सभामुखलाई पाँचौ स्थानमा राखेर बेठिक गरिएको बताए। आफ्नो व्यक्तिगत धारणा भन्दै उनले भने, ‘नीति निर्माण बनाउने मुख्य भूमिकामा सभामुख रहने भएकाले उनलाई राष्ट्रपति, उपराष्ट्रपतिपछि राख्नुपर्छ।’

भट्टराईले राज्यका तीन अङ्गमध्ये कानुन तथा नीति निर्माण गर्ने सर्वाेच्च संस्था व्यवस्थापिका सबैभन्दा माथि र त्यसपछि कार्यपालिका र न्यायपालिका हुनुपर्ने धारणा व्यक्त गरेका हुन्।

नवनिर्वाचित सभामुख अग्नि सापकाेटालाई बधाई दिँदै मंगलबार डा‍ भट्टराईले द्वन्द्वकालीन मुद्दा एक एक गरी उठाउनुभन्दा पनि समग्र राजनीतिक रुपमा हल गर्नुपर्ने धारणा राखे। उनले रेशम चाैधरीकाे मुद्दा पनि राजनीतिक रुपमै हल गर्न माग गरे।

भट्टराईले संघीयता र समावेशिता नाम मात्रको भएको टिप्पणी गरे। उनले भने, संघीयता र समावेशिता खोसियो, पछिल्ला दिन तोकिएका नाम र राजधानी हेर्दा हिजो पञ्चायतको अञ्चलभन्दा फरक छैन। यो जनयुद्ध, मधेस र थरुहट आन्दोलनबाट प्राप्त गरेको उपलब्धिको विरुद्धमा छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .