ad ad

राजनीति


सगरमाथा संवादका लागि मोदी र इमरानलाई नेपालको निम्तो

सगरमाथा संवादका लागि मोदी र इमरानलाई नेपालको निम्तो

नेपालखबर
माघ ११, २०७६ शनिबार १२:४४,

पहिलोपटक नेपालले बहु–साझेदार संवाद कार्यक्रम ‘सगरमाथा संवाद’को आयोजना गर्न लागेको हो।

नेपालले १ सय ५० भन्दा बढी विदेशी पाहुनालाई संवादको लागि निम्तो पठाएको छ। विभिन्न देशका प्रमुख, मन्त्री, व्यापारी, नागरिक समाज, विज्ञहरु तथा संचारमाध्यमहरु कार्यक्रममा उपस्थित हुने अपेक्षा गरिएको छ।

यस कार्यक्रममा सार्क राष्ट्रका सबै प्रमुखहरुलाई निम्तो दिइएको छ। कार्यक्रम नेपालको वर्तमान इतिहासमा सबैभन्दा ठूलो कुटनीतिक पहलको उदाहरण बन्ने विश्वास व्यक्त गरिएको छ।

द वाइरका अनुसार नेपालले पठाएको निम्तो भारतले प्राप्त गरिसकेको छ। कार्यक्रममा विभिन्न देशका प्रमुख, व्यापारी तथा विज्ञहरुबीच दुईपक्षीय छलफल हुनेछ।

भारत र पाकिस्तानबीचको आन्तरिक विवादले सन् २०१६ मा पाकिस्तानले आयोजना गर्ने भनेको सार्क सम्मेलन हुन सकेन।

नेपालले काठमाडौंमा आयोजना गर्न लागेको यस सगरमाथा संवादमा सार्कलाई फेरि सक्रिय बनाउने विषयमा छलफल अगाडि बढाउने अनुमान गरिउको छ।

आगामी अप्रिल २ र ४ तारिखमा सगरमाथा संवाद कार्यक्रम हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .