ad ad

राजनीति


सुवास नेम्वाङका दुवै छोरा आइपुगे, भोलि आर्यघाटमा दाहसंस्कार

सुवास नेम्वाङका दुवै छोरा आइपुगे, भोलि आर्यघाटमा दाहसंस्कार

सुवास नेम्वाङका छोराहरु निहाङ र सुहाङ। तस्बिर : नेपालखबर


नेपालखबर
भदौ २७, २०८० बुधबार १३:५९, काठमाडौँ

सोमबार राति १ बजे हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको बिहीबार अन्तिम संस्कार गरिने भएको छ।

उनको पार्थिव शरीर बुधबार पनि नेकपा एमालेको एमाले पार्टी कार्यालय च्यासलमा श्रद्धाञ्जलीका लागि राखिएको थियो।

अब उनको शव अन्तिम संस्कारको प्रक्रियाका लागि बालुवाटारस्थित घरतर्फ लगिएको छ। उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबारदेखि राखिएको थियो। 

तर अब दुवैजना छोराहरु अस्ट्रेलिया र बेलायतबाट आइसकेपछि बिहीबार अन्तिम संस्कार गर्न लागिएको हो। दुवै छोराले बुवाको पार्थिव शरीरमा च्यासलमै अन्तिम श्रद्धाञ्जली दिएका छन्। 

नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट बुधबार बिहान काठमाडौं उत्रिए। दुई साताअघि मात्रै अस्ट्रेलिया गएका कान्छा छोरा सुहाङ मंगलबार राति नै आइपुगेका थिए। 

अब नेम्वाङको निवासमा लिम्बु परम्परा अनुसार मुन्धुमी विधिबाट अन्तिम संस्कार अघि बढाइनेछ। 

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बिहीाबर बिहान ११ बजे नेम्वाङको हिन्दु र लिम्बू परम्पराअनुसार अन्त्येष्टि गरिने बताएका छन्। 

राजकीय सम्मानसाथ हुने नेम्वाङको अन्त्येष्टिका दिन बिहीबार नै सरकारको निर्णयानुसार शोक बिदा दिइएको छ। 

उता एमालेले आफ्ना उपाध्यक्ष नेम्वाङको निधनको शोकमा देशभरका पार्टी कार्यालयमा तीन झण्डा आधा झुकाएको छ।

नेम्वाङ यसअघि पाँच पटक सभामुख र दुई पटक संविधानसभाका अध्यक्ष भएका थिए। उनी २०५१ को मनमोहन अधिकारी नेतृत्वको सरकारमा कानुन मन्त्री बनेका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .