ad ad

राजनीति


चितवन राष्ट्रिय निकुञ्जमा रमाउँदै बेल्जियमकी राजकुमारी

चितवन राष्ट्रिय निकुञ्जमा रमाउँदै बेल्जियमकी राजकुमारी

नेपालखबर
माघ ९, २०७६ बिहिबार ९:५,

बेल्जियमकी राजकुमारी एस्ट्रिडले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेकी छन्।

बुधबार साँझ निकुञ्जको एउटा प्रवेशद्वार मेघौलीमा राजकुमारी एस्ट्रिडको वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भरतपुर महानगरपालिकाले स्वागत गरेको थियो।     
    
प्रदेश सरकारको आतिथ्यतामा एस्ट्रिडलाई रात्रिभोज दिइएको थियो। सो अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले राजकुमारी एस्ट्रिडलाई चितवन राष्ट्रिय निकुञ्जसँगै प्रदेशका पर्यटकीय क्षेत्रका बारेमा अवगत गराएका थिए।     

मन्त्रीका स्वकीय सचिव नवराज पुडासैनीका अनुसार भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै प्रदेश सरकारको आतिथ्यतामा राजकुमारीलाई निकुञ्ज भ्रमण गराउने प्रबन्ध मिलाइएको छ।

रात्रिभोजमा महानगरपालिकाका प्रमुख रेणु दाहाल, राजकुमारी एस्ट्रिडका श्रीमान् लोरेन्जसहित विभिन्न व्यक्ति, सङ्घीय सरकारका पर्यटन मन्त्रालयका प्रतिनिधि, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापालगायतको उपस्थिति रहेको थियो।

 राजदूत थापाका अनुसार राजकुमारी एस्ट्रिडसहित बेल्जियमबाट आएको उच्च अधिकारीको समूहको आज दिनभर निकुञ्जमा निजी भ्रमण छ। डुङ्गा सयर, जीप सयरलगायतका गतिविधिमा राजकुमारी सहभागी भई वन र वन्यजन्तुको अवलोकन गर्ने निजी कार्यक्रम रहेको उनले बताए। निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोही, विभिन्न प्रजातिका चराचुरुङ्गी, ठूला र आकर्षक तालतलैया देख्न सकिन्छ। 

राजकुमारी एस्ट्रिड एक साताका लागि नेपाल भ्रमणमा आएकी हुन्। शुक्रबार काठमाडौँ फर्किएर शनिबार त्यहाँबाट बेल्जियम फर्कने कार्यक्रम छ। उनी जनवरी १९ तारिखमा नेपाल आएकी हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .