ad ad

राजनीति


एमाले नेता सवार बुद्ध एयरको जहाज जनकपुरमा अवतरण गर्न नसकेपछि काठमाडौं फर्कियो

एमाले नेता सवार बुद्ध एयरको जहाज जनकपुरमा अवतरण गर्न नसकेपछि काठमाडौं फर्कियो

सिरहा जान ठीक परेको एमाले नेताको टोली। तस्बिर : विष्णु रिमालको फेसबुकबाट


नेपालखबर
भदौ १३, २०८० बुधबार १०:९, काठमाडौँ

नेकपा एमालेका शीर्ष नेताहरू चढेको बुद्ध एयरको जहाज जनकपुर अवतरण नगरी काठमाडौं फिर्ता भएको छ। 

आज सिराहामा सुरु हुन लागेको सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य,  उपमहासचिव विष्णु रिमाललगायत नेता सवार जहाज जनकपुर विमास्थलनजिकै पुगेर पनि फर्किएको हो। 

जहाजमा प्राविधिक समस्या आएकाले काठमाडौँ नै फर्काएर अवतरण गरिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेपालखबरलाई जानकारी दिए। 

काठमाडौंबाट पुनः अर्काे जहाजमा जनकपुर प्रस्थान गरिएको जानकारी उनले दिए। 

‘विमानमा खराबी देखिएपछि जनकपुर नपुगी काठमाडौं फर्कियो, अहिले अर्कै विमानबाट नेताहरू जनकपुर उड्नुभएको छ’, उनले भने।

अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल भने विराटनगर हुँदै गएका सचिवालय बैठकस्थलमा गएका छन्। 

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज सिरहाको धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासमा बस्दैछ।

नेकपा (एमाले)का केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईका अनुसार पूर्वनिर्धारित योजनाअनुसार नै आज पार्टीको सचिवालय बैठक बस्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .