ad ad

राजनीति


देउवा र पौडेलबीच भेटवार्ता

देउवा र पौडेलबीच भेटवार्ता

नेपालखबर
माघ ८, २०७६ बुधबार १५:१६,

पार्टी भित्र देखिएको विवाद समाधानका लागि नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन्।

बुधबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत असन्तुष्ट पक्षका नेताहरुबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्ने विषयमा छलफल भएको हो।

सभापति देउवाको निवास बुढानिलकण्ठमा भएको छलफलमा विवाद समाधानका लागि अहिलेसम्म भएका गृहकार्यहरुको बारेमा छलफल भएको वरिष्ठ नेता पौडेलले बताए। शुक्रबार बिहानै पुनः बैठक बसेर विवाद टुंग्याउने प्रयास हुने उनको भनाई।

पौडेलसँगै पार्टीका महामन्त्री प्रकाशमान सिंह र नेता कृष्ण प्रसाद सिटौला छलफलका लागि बुढानिलकण्ठ पुगेका थिए। छलफलमा उपसभापति विमलेन्द्र निधि पनि सहभागि थिए। यसअघि पुस २७ गते बूढानीलकण्ठमै सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो।

पौडेल पक्षले महाधिवेशन कार्र्यतालिका सच्याउनुपर्ने, तत्काल विभागको संख्या बढाउन नहुने र भातृ संगठनहरुको विवाद चाँडो टुंगो लगाउनुपर्ने लगायतका माग राख्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .