राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा तिलक थापा (तेजबहादुर थापा) चयन भएका छन्।
बिहीबार बागलुङबजारमा बसेको राजमो जिल्ला समितिको बैठकले थापालाई अध्यक्ष चयन गरेको हो।
थापा काठेखोला गाउँपालिकाका उपाध्यक्ष समेत हुन्।
बैठकले निवर्तमान अध्यक्ष राजेन्द्र ढुंगानाले दिएको राजीनामा स्वीकृत गरेको छ। ढुंगानालाई जिल्ला सल्लाहकारको जिम्मेवारी दिइएको जनमोर्चा, बागलुङले जनाएको छ।
गत २०७९ फागुन २७ र २८ गते सम्पन्न सातौँ जिल्ला सम्मेलनबाट निर्वाचित अध्यक्ष ढुंगानाले थापालाई अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए।
123
Shares
प्रतिक्रिया