ad ad

राजनीति


सभामुखमा अग्नि सापकोटा निर्विरोध, १२ गते घोषणा

सभामुखमा अग्नि सापकोटा निर्विरोध, १२ गते घोषणा

नेपालखबर
माघ ७, २०७६ मंगलबार ९:२०,

सत्तारुढ नेकपाका नेता अग्नि सापकोटा सभामुखमा निर्विरोध चयन हुने भएका छन्। मंगलबार निर्धारित समयमा अन्य दलबाट कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध चयन हुने निश्चित भएको हो।

यसको औपचारिक घोषणा भने माघ १२ गते बस्ने संसद् बैठकबाट गरिने संसद सचिवालयले जनाएको छ।

संसद् सचिवालयले मंगलबार ११ देखि २ बजेसम्म सभामुखको उम्मेदवारी दिने कार्यतालिका प्रकाशित गरेको थियो। अग्निप्रसाद सापकोटाले संसद् भवन बानेश्वरमा पुगेर बिहान उम्मेदवारी दर्ता गराएका थिए। यसअघि मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको थियो।

असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ। आइतबार बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचित सापकोटा प्रचण्ड निकट मानिन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .