ad ad

राजनीति


सभामुखमा नेकपाका सापकोटले दिए उम्मेदवारी, राजपाको समर्थन

सभामुखमा नेकपाका सापकोटले दिए उम्मेदवारी, राजपाको समर्थन

नेपालखबर
माघ ७, २०७६ मंगलबार ६:२९,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट संसद अग्नि सापकोटाले सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन्।

सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले मंगलबार मध्यान्ह सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेस संसदीय दलले नेकपाको स्पष्ट बहुमत रहेका कारण सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको छ।

नेकपाले भने सभामुको समर्थनका लागि संसदमा प्रतिनिधित्व गर्ने सबैदललाई आह्वान गरे पनि राजपा मात्रै आएको सांसद कृष्णभक्त पोखरेलले जनाकारी दिए।

‘सभामुखमा सबैको समर्थन जुटाउन सबै दललाई समर्थन गर्न आग्रह गरेका थियौँ, राजपा मात्रै आयो’, उनले नेपालखबरसँग भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .