भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्ष नेपालको भ्रमण गर्ने बताएका छन्।
मंगलबार विराटनगरमा निर्माण भएको एकीकृत भन्सार चौकी (आईसीपी) भिडियो कन्फरेन्समार्फत संयुक्त रुपमा उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले नेपाल भ्रमणको कार्यक्रम बनाइरहेको बताए।
उनले भने, ‘यसै वर्ष नेपाल भ्रमण गर्ने कार्यक्रम बनाएको छ। नेपाली जनताको दर्शन गर्ने अवसर फेरि पाउनेछु।’ उनले सम्बोधनको सुरुवात र अन्त्य भने नेपाली भाषामा गरेका थिए। मन्तव्यको अन्तिममा उनले भने, ‘अन्तमा तपाईहरु सबैलाई धेरै शुभकामना दिन्छु, फेरि भेट होला, नमस्कार।’
उनले नेपालको भूकम्पपछिको पुनर्निमाणमा नेपालसँग हातमा हात मलिाएर अगाडि बढेको बताए।
यसअधि सम्बोधन गर्ने क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए।
मोदी दोस्रोपटक प्रधानमन्त्री निर्वाचित भएपछि नेपाल भ्रमण आएका छैनन्। पहिलो कार्यकालमा भने उनी चार पटक नेपाल भ्रमणमा आएका थिए।
प्रतिक्रिया