ad ad

राजनीति


धादिङ नीलकण्ठ-५ का वडाध्यक्ष काठमाडौंको जुवाखालबाट पक्राउ

धादिङ नीलकण्ठ-५ का वडाध्यक्ष काठमाडौंको जुवाखालबाट पक्राउ

नीलकण्ठ नगरपालिका-५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठ


नेपालखबर
साउन १५, २०८० सोमबार १९:४१, काठमाडौँ

धादिङको नीलकण्ठ नगरपालिका-५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठ पक्राउ परेका छन्। उनीसहित अन्य १२ जनालाई प्रहरी वृत्त महाराजगञ्जले सोमबार जुवाखालबाट पक्राउ गरेको हो। 

उनीहरूलाई काठमाडौंको नयाँ बसपार्कस्थित सेती गंगा गेष्ट हाउसको पाँचौं तलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उक्त समूहले नगद पैसाको हारजित हुनेगरी जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरी वृत्त महाराजगञ्ज, गोंगबु र काठमाडौंबाट संयुक्त रुपमा खटिएको टोलीले पक्राउ गरेको हो। 

उनीहरुबाट १० लाख ८२ हजार नेपाली रुपैयाँ र विभिन्न दरका भारतीय रुपैयाँ २५ सय बरामद भएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा दशरथ चन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय सूर्य भट्ट, रोल्पाको माडी गाउँपालिका–२ घर भएका ३२ वर्षीय सरोज खत्री, दाङको घोराही नगरपालिका–१ घर भएका ३२ वर्षकै धीरज शाह, बैतडीको पुर्चौडी नगरपालिका–९ घर भएका ३६ वर्षीय राजेन्द्रबहादुर थापा, कैलालीको घोडाघोडी नगरपालिका–५ घर भएका ३६ वर्षीय जयबहादुर ढुंगाल, बैतडीको पुर्चौडी नगरपालिका–८ घर भएका ५२ वर्षीय कालो सिंह धामी, दोलखाको भीमेश्वर नगरपालिका–५ घर भएका ३४ वर्षीय विश्वनाथ कार्की, गोरखाको आरुघाट गाउँपालिका–५ घर भएका ३४ वर्षीय अर्जुन गुरुङ, काठमाडौं–१५ स्वयम्भूका ४० वर्षीय अजित रिजाल, दोलखाको भीमेश्वर नगरपालिका–५ घर भएका ४० वर्षीय किरण थापा, बैतडीको दशरथचन्द नगरपालिका–४ घर भई नयाँ बसपार्कमा गेष्टहाउस चलाउँदै आएका ४८ वर्षीय राजेन्द्रप्रसाद जोशी छन्।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको महाराजगञ्ज प्रहरी वृत्तका डीएसपी अंगुर जिसीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .