राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउने तयारी भएपछि त्यसबारेमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा थप छलफल भइरहेको छ।
सोमबार डोजरसहित नगर प्रहरीको टोली कार्यालय अगाडि पुगेपछि राप्रपा कार्यकर्ताहरूले अवरोध गरेका थिए।
सो अवरोधपछि अहिले महानगरका पदाधिकारी र जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबीच छलफल भइरहेको स्रोतले जानकारी दियो।
‘अहिले प्रशासनमा छलफल भइरहेको निचोड निस्किएको छैन,’ स्रोतले नेपालखबरसँग भन्यो।
महानगरले राप्रपा केन्द्रीय पार्टी कार्यालय हटाउन यही शुक्रबार तीन दिनको अल्टिमेट दिएको थियो।
महानगरपालिकाको टोलीले शुक्रबार धुम्बाराहीस्थित राप्रपा कार्यालय तीन दिनभित्र खाली गर्न भनेको थियो।
काठमाडौं महानगर प्रहरी प्रमुख रानुनाथ पाण्डेले सुरक्षाको कारण देखाउँदै चार महिनादेखि भवन खाली गर्न महानगरले माइकिङ गर्दै आएको बताए।
राप्रपाले सुकै हालतमा उक्त भवन तोकिएकै मितिमा खाली गर्नुपर्ने पाण्डेले बताएका थिए।
Shares
प्रतिक्रिया